चितवन विशेष

चितवन–२ का एमाले उम्मेदवार राम न्यौपानेले दिए मतदातालाई धन्यवाद

Banner

चितवन, वैशाख १४-

चितवन–२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेदवार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् ।

एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले आज जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् ।

न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘ उपनिर्वाचनको परिणामलाई सहर्स स्वीकार गर्दै अहोरात्र खटिने पार्टी र जनसंगठनका विभिन्न तहका जिम्मेवारीमा रहनुभएका नेता, कार्यकर्ता, सदस्य, सदस्य, शुभेच्छुक एवम् विभिन्न प्रकारले सहयोग गर्नुहुनेप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कर्मचारी, निर्वाचन प्रक्रियामा सहभागी हुनुहुने सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार एवम् पर्यवेक्षकलगायत सम्पूर्ण पक्षहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ न्यौपानेले निर्वाचनका क्रममा आफ्नो पार्टीले मतदाता समक्ष गरेका विभिन्न प्रतिबद्धताहरु पूरा गर्नका लागि राज्यका निकायहरुको ध्यानाकर्षण गरेर चितवनको विकास र समृद्धिको लागि सबैसँग हातेमालो गर्दे सदैव क्रियाशिल रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>