Breaking News

चितवनमा लागुऔषध दुव्र्यसन भयाबह बन्दै, चैतसम्ममा १३८ जना प्रहरी नियन्त्रणमा

Banner

पूजा ढकाल

चितवन, वैशाख १४-

चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बढ्दो सहरीकरण, घर परिवारको अवस्था, सामाजिक परिवेश, आर्थिक मन्दी र गरिबीका कारण पछिल्लो तीनवर्षमा लागुऔषधको घटना बढ्दै गएको हो ।

जसमा धेरै किशोरकिशोरीसँगै  केही महिला पनि फस्ने गरेका छन् । तर, किशोरकिशोरी भने के सही र के गतल छुट्याउन नसक्दा बढी दुव्र्यसनमा फस्ने गरेको प्रहरीको निष्कर्ष छ । आर्थिक पाटोले पनि यसमा ठूलो प्रभाव पर्ने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार आर्थिक वर्ष २०७७\७८ पुरुष १२८, महिला ६ र बालक दुई गरी लागुऔषध दुव्र्यसन तथा ओसारपसार गर्ने १३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा प्रकाउ गरिएका १३६ मध्ये ९५ जनाको मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८\७९ मा पुरुष १५४, महिला ११ र बालक ५ गरी १७० जनालाई पक्राउ गरेको र १०६ जनाको मुद्दा भने अदालतमा दर्ता गरिएको उनले नारायणी अनलाइनलाई जानकारी दिए ।

तर, जिल्लामा चालु आवको ९ महिनामा भने २०७७\०७८ भन्दा धैरै लागुऔषधको दुव्र्यसनका घटना बढेको र अझै बढ्दो क्रममा छ । यस चालु आवमा २०७९\८० को चैतसम्म मात्रै प्रहरीले जिल्लामा लागुऔषधको मुद्दामा पुरुष १२९ र महिला ९ जना गरी १३८ जना पक्राउ गरेको छ । जसमध्ये १२८ नेपाली, १० भारतीय रहेको र ७८ जनाको मुद्दा अदालतमा दर्ता भइसकेको उपरीक्षक पण्डितबाट प्राप्त तथांकमा उल्लेख छ ।

अधिकांश १८ वर्ष उमेर समूह तथा १८ वर्ष भन्दा कम उमेरका बालबालिका फस्ने गरेको बताउँदै पण्डित भन्छन्, ‘धेरैजसो युवायुवती साथीसँगका संगतको कारण, कस्तो हुन्छ यो खाँदा भन्ने कौतुहलताका कारण लागुऔषध सेवन गर्न सिक्दै जाने गर्छन् ।’ उनीहरुलाई लागुऔषध ऐन अनुसार कारबाही गरिन्छ भने १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई भने बालबालिकासम्बन्धी ऐन–२०७५ अनुसार अनुसन्धान गरेर कारबाही गरिने उनले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>