Breaking News
चितवन-२ मा रविको जित निश्चित,गन्न बाँकी मतभन्दा लामिछानेको मतान्तर बढी
०

चितवन,बैशाख १२-
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७४५७ छ। उनीहरूबीचको मतान्तर ३२६१२ छ।
चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत झण्डै २२ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























