चितवन विशेष

मंसिर ४ मा एमालेले अग्रता लिएको इच्छाकामनामा उपनिर्वाचनमा रास्वपाको अग्रता

Banner

चितवन,बैशाख ११-

चितवन २ को उपनिर्वाचनमा इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार रवि लामिछाने अन्य प्रतिस्पर्धीभन्दा १७ सय मतले अघि छन्। रविले ४ हजार ३५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत र कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार २०५ मत पाएका छन्।

अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाबाट ९ हजार ४४४ मतगणना सकिएको हो। यस पालिकामा गत मंसिरमा भएको निर्वाचनमा रवि लामिछाने तेस्रो भएका थिए। तर यसपालि उनले अन्य प्रतिस्पर्धीले भन्दा धेरै मत ल्याएका छन्।

मंसिरमा सबैभन्दा बढी एमालेको ल्याएको थियो। यहाँ एमालेले ३ हजार ६२३ मत पाएको थियो। नेपाली कांग्रेसले ३ हजार २१६ मत पाएको थियो। यस्तै रास्वपाले भने २ हजार ९७५ मत पाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>