Breaking News

चितवनमा रवि लामिछानेले अग्रता बढाउँदै, भरतपुरको बजारी क्षेत्रमा मतान्तर झनै बढ्ने आकलन

Banner

चितवन, वैशाख ११-

चितवनमा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

चितवन–२ नम्बर क्षेत्र अन्तर्गत इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा भएको मतगणनामा उनले अझै अग्रता बढाउँदै लगेका छन् । सुरुवातमा एमालेका रामप्रसाद न्यौपानेले लामिछानेलाई पछि पारे पनि छ वटा वडाको मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने झण्डै दोब्बर मतले अग्रता लिएका छन् । उनले तीन हजार ६०२ मत ल्याउँदा सूर्य चिन्हमा रामप्रसाद न्यौपानेले दुई हजार ८२ मत ल्याएका छन् । त्यस्तै, रुख चिन्हमा कांग्रेसका जीतनारायण श्रेष्ठले भने एक हजार ४९४ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा भरतपुरको बजारी क्षेत्रमा आएपछि रविको अग्रता अझै बढ्दै जाने अनुमान गरिएको छ । आइतबार भरतपुरका मतदान केन्द्रहरुमा उनीप्रति मतदाताले देखाएको क्रेजले गर्दा पनि पहिले भन्दा धेरै मतको अग्रताले रविले जित्ने राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकहरुले दाबी गरिरहेका छन् । अघिल्लो पटक मत नदिएका मतदाताहरुले पनि यसपटक मत दिएको उनीहरुको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>