Breaking News
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी
०

तनहुँ, वैशाख ११
तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।
वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन्।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























