Breaking News
चितवन–२ मा मतगणनाका लागि सर्वपक्षीय बैठक सुरु
०

चितवन, वैशाख ११–
चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरिएको भए पनि झण्डै दुई घण्टा ढिला गरि सुरु भएको हो ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























