चितवन विशेष

चितवनको भोजाड मतदान स्थलमा केहीबेर तनाव

Banner

चितवन, वैशाख १०- 

चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>