चितवन विशेष
अघिल्लो पटकभन्दा राम्रो नतिजा आउनेमा आशावादी छु: रवि लामिछाने
०

चितवन, वैशाख १०-
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन् ।
उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।
‘बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























