Breaking News
उपनिर्वाचन : चितवन २ मा मतदान सुरु (फोटो फिचर)
०

चितवन, वैशाख १०–
उपनिर्वाचन हुने चितवन २, बारा २ र तनहुँ १ मा मतदान सुरु भएको छ । चितवन २ मा मतदान गर्नका लागि मतदाताहरु बिहान ५ बजे नै मतदान स्थलमा पुगेर लाइन लागेका थिए ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने तीन वटै क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ ।

चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका गरी एक लाख २४ हजार ६९५ मतदाता रहेका छन् ।



फोटो : नारायणी नमुना माविमा मतदान गर्नेको लाइन
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























