Breaking News

उपनिर्वाचनका दिन चितवनमा लामो दुरीका सवारी साधन मात्रै चल्ने

Banner

चितवन, वैशाख ८–

वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै लामो दुरीका सवारी साधन बाहेक अन्य सबै सवारी साधनहरु संचालनमा रोक लगाइएको हो । लामो दुरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरि केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनहरुलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारी साधन एकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनहरु, एम्बुलेन्स, स्वास्थयकर्मी, पत्रकारका सवारी साधनहरु मात्र संचालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>