अन्तर्राष्ट्रिय

रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो

Banner

 बैशाख ८-

रुसी लडाकु विमानले गल्तीले आफ्नै सहरमा बम खसालेको छ । रुसी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको छ । मन्त्रालयका अनुसार उसको आफ्नै विमानले युक्रेनको सिमानामा रहेको रुसी सहर बेलगोरोडमा बम खसालेको हो ।क्षेत्रीय गभर्नर व्याचस्लाभ ग्लाडकोभले यस विस्फोटका कारण सहरको केन्द्रमा २० मिटर गहिरो खाडल बनेको बताएका छन् । यस विस्फोटमा दुई महिला घाइते भएका छन् भने धेरै भवनमा क्षति पुगेको छ ।

सु–३४ लडाकु विमानले भूलवश बम खसालेको मन्त्रालयले जनाएको छ । यो घटना बिहीबारको हो र यसको अनुसन्धान सुरु भएको छ । चगककष्बज्ञसामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा यो विस्फोटका कारण केही अपार्टमेन्टमा क्षति पुगेको देखिन्छ ।

बेल्गोरोड युक्रेनको सिमानाबाट करिब ४० किलोमिटर टाढा छ र त्यहाँको जनसङ्ख्या ३,७०,००० छ । यो युक्रेनको दोस्रो ठुलो सहर खार्किवको उत्तरमा पर्छ । एजेन्सी

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>