Breaking News

जितनारायणलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउँछुः सभापति देउवा

Banner

चितवन, वैशाख ७–

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चितवन क्षेत्र नं.२ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।

पाँच दलीय गठबन्धनले आज (बिहीबार) चितवनको कालिका नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले सबै कुरा बुझेरै उपनिर्वाचनमा टिकट दिइएको भन्दै जिताएर पठाउन आग्रह गरे । ‘जितनारायण जीले जहिल्यै पनि शेरबहादुरले टिकटै दिनुभएन भन्नुहुन्थ्यो, जहिल्यै पनि मसंग रिसाउनुहुन्थ्यो, यसपाली टिकट पनि पाउनुभयो तर हार्न पाइन्न है’ सभापति देउवाले भने ‘त्यति मात्र होइन जिते भने मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डजीलाई सिफारिस गर्छु, त्यो भन्दा मैले अरु के गर्ने ।’

सभापति देउवाले जिताउने काम चितवन २ को बासिन्दा भएको भन्दै कुनै पनि हालतमा जिताउन जनताको घरदैलोमा गएर सम्झाईबुझाई भोट हाल्न लगाउन आग्रह गरे । उनले जितनारायणले स्थानीयस्तरमा काम र दुःख गरेको व्यक्ति भन्दै जिताएर पठाउन आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>