Breaking News

गठबन्धन सरकार रहिरहे वृद्धभत्ता काट्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन्ः ओली

Banner

बारा,बैशाख ७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता काट्ने दाबी गरेका छन् । बाराको चुनावी सभालाई सम्बोधन गर्दै अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए ।

उनले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’ यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>