चितवन विशेष

भरतपुरको आर्दश गृहमा संरक्षित बालबालिका र महिला गरी चार जनाको पारिवारिक पुर्नमिलन

Banner

चितवन, वैशाख ७–

असहाय महिला तथा बालबालिकापुनस्र्थापना केन्द्र ‘आदर्श गृह’ले संरक्षित महिला तथा बालबालिका गरी चार जनालाई पारिवारिक पुर्नमिलन गराएको छ ।

आर्दश गृहले १५ औं वर्ष पूरा गरेको अवसरमा विभिन्न घटनामा परी अति जोखिम अवस्थामा हिंसा भोग्न बाध्य पारिएकाहरुको उद्धार र न्याय पश्चात उनीहरुलाई आत्मनिर्भर बनाइ परिवारको जिम्मा लगाइएको हो ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, प्रहरी उपरीक्षक रामेश्वर कार्की, उपअनुसन्धान निर्देशक कमलप्रसाद भट्टराई , भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्पण पोख्रेललगायतका सरोकारवालाको रोहवरमा बालिकाहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

बिदाइ भएर परिवारसँग जान लागेका बहिनीहरुले आफूहरुले आदर्श गृह र मीना खरेलको साथ पाएर नै न्याय प्राप्त गर्न सकेको बताएका थिए । आफू पीडामा छट्पटिँदा साथ दिने मीना दिदी र आदर्श गृहको साथका कारण नै पुर्नजीवन पाएको भन्दै बिदाइ भएर जाँदा उनीहरु भक्कानिएका थिए । उनीहरुले हिंसामा परि अन्यायमा छट्पटी रहेको अवस्थामा न्यायको बाटो नभेटी पीडा खेपेर मानसिक रुपमा बिछिप्त भएर बस्दा मीना दिदीलगायतका व्यक्तिको साथ र सहयोगले नै अहिले पुर्नजिवन पाएको अनुभुति भएको बताए । न्यायिक प्रकृयामा आफूहरुलाई केही थाहा नहुँदा संस्थाले असल अभिभावक बनी र निस्वार्थरुपमा सहयोग गरेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष मीना खरेलले पीडितले फैसला भइसकेपछि राज्यले दिने क्षतिपूर्ति पाउन नसकेको जानकारी गराइन् । आज पनि आफूहरु भाडाको घरमा पीडित तथा प्रभावित महिला तथा बालबालिकाहरुलाई राख्न बाध्य भएको भन्दै उनले स्थानीय तहबाट जतिसक्दो छिटो जग्गाको व्यवस्थापन गरी संस्था निमार्णमा सहयोग गर्न माग गरिन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले संस्थाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा पु¥याएको योगदानको उच्च प्रशंसा गरे । राज्यको निकायबाट हुनुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै उनले संस्थालाई जग्गा दिलाउन आफूहरु सकारात्मक रहेको र प्रकृयामा काम अगाडि बढेको बताए । यस्तै सोही अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लैँगिक हिंसा, महिला माथि हुने हिंसा न्यूनीकरणमा संस्थासँग समन्वयात्मक रुपमाकाम गरिने बताए । क्षतिपूर्तिको सवालमा आफूले जति सक्दो छिटो सम्बन्धित निकायसँग समन्वय गरी सहजीकरण गर्ने बचन दिए ।

सोही अवसरमा प्रहरी प्रमुख रामेश्वर कार्कीले हिंसा न्यूनीकरणमा संस्था र मीना दिदीले खेलेको भूमिकाको प्रसंशा गर्दै प्रहरी सधै साथी बनेर रक्षकको भूमिका खेल्ने स्पष्ट पारे । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले संस्थाले जहिले पनि पीडितको न्यायका लागि अभिभावकीय भूमिका खेलेको बताए ।

यसैबीच सोही अवसरमा जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की , उपअनुसन्धान निर्देशक कमलप्रसाद भट्टराईसहितका सरोकारवाला निकायलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । सस्थाले स्थापनाकाल देखि अहिलेसम्म प्रत्यक्षरुपमा एक हजार १७१ जनालाई उद्धार संरक्षण र पारिवारिक रुपमा पुर्नमिलन गराएको छ । अहिले संस्थामा ३५जना पीडित÷प्रभावित महिला तथा बालबालिका संरक्षणमा रहेका छन् भने १६ जना किशोरी तथा बालिकाहरुले नियमित शिक्षा हासिल गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>