समाचार

झण्डै ४ महिना बितिसक्दा पनि रेसुङ्गा विमानस्थलबाट हुन सकेन नियमित उडान

Banner

गुल्मी, वैशाख ७-

गुल्मीको रेसुङ्गा विमानस्थलबाट गत पुस महिनामा धुमधामसँग परीक्षण उडान गरिए पनि नियमित उडान भने अझै सुरु हुन सकेको छैन । परीक्षण उडानको १५ दिनमै नियमित उडान गर्ने भनिए पनि झण्डै ४ महिना बितिसक्दा समेत नियमित उडानको टुङ्गो छैन । यो विमानस्थलमा सुरुमा तारा एयरले उडान गर्न खोजेको थियो । तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि ताराले समेत आफ्नो योजना पछाडि धकेलेको हो । त्यसपछि नेपाल एयरलाइन्सले गुल्मीमा नियमित उडानको तयारी गरेको थियो । तर, यहाँ तत्काल उडानको अनुमति नपाएपछि उडान प्रभावित बनेको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडानको मिति पटक(पटक टर्ने गरेको छ । विमानस्थलको सम्पूर्ण निर्माण कार्य गरेर परीक्षण उडान पनि गरियो । तर अहिले नियमित उडान हुन सकेको छैन । २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो ।

पुनः २४ पुसमा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल परीक्षण उडान गरेपछि गुल्मेलीहरु नियमित उडान हुन्छ भन्ने आशा जगायो । परीक्षण उडानको दुई साता पछि नियमित उडान हुन्छ भने पनि महिनौं बित्दा पनि नियमित उडान हुने सुरसार नभएको स्थानीय बताउँछन् ।

रेसुङ्गा नगरपालिकाको पहलमा प्रर्दशन उडान गरेर नियमित उडानको तयारी गरिएको थियो । रेसुङ्गा नगरपालिकाले नियमित उडानको लागि समन्वय पनि गरेको थियो । तर महिनौ बित्दा पनि नियमित उडान नहुँदा स्थानीयले विमानस्थल चल्दैनकि भन्ने शंका गर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>