Breaking News

रविले भनेः सारा राजनीतिक दल एकातिर र रास्वपा अर्कातिर, आजको विशेष सभामा तपाईंको उपस्थितिले अर्थ राख्छ

Banner

चितवन, वैशाख ७

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको अन्तिम चुनावी सभा चितवनमा गर्ने भएको छ । रास्वपा सभापति तथा चितवन २ का उम्मेवार रवि लामिछानेले आज भरतपुर नगरपालिका १० स्थित गेष्ट हाउस चौरमा ३ बजे चुनावी सभा गर्न लागेका हुन् । उक्त विशेष सभा लामिछानेसहित तनहुँ १ का उम्मेवार स्वर्णिम वाग्ले र बारा २ का उम्मेदवार रमेश खरेल पनि उपस्थिति हुनेछ ।

‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर । यो वारपारको राजनितीक भिडन्तबारे आज हामी तिनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थिति अर्थ राख्छ, उनले फेसबुकमा लेखे ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>