समाचार

कोरोनाकालको ब्याज र हर्जाना छुट गरिदिन निगमको अनुरोध

Banner

काठमाडौँ, बैशाख ७-

नेपाल वायुसेवा निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा हालसम्म ऋणबापत २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ भुक्तानी गरिसकेको समेत जनाएको छ । साथै निगमले किस्ताको सङ्ख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>