अन्तर्राष्ट्रिय

राहुल गान्धीलाई अदालतको झट्का

Banner

बैशाख ७- 

भारतको कांग्रेस नेता राहुल गान्धीलाई सुरतको सेसन कोर्टबाट ठुलो झट्का लागेको छ । अदालतले मानहानि मुद्दामा राहुल गान्धीको अपिल खारेज गरेको छ । कांग्रेसले सेसन कोर्टको यो निर्णयविरुद्ध उच्च अदालतको ढोका ढकढकाउने जानकारी दिएको छ ।

२३ मार्चमा सुरतको ‘सेसन कोर्ट’ ले राहुल गान्धीलाई दुई वर्षको सजाय सुनाएको थियो र यो निर्णयलाई चुनौती दिनका लागि एक महिनाको समय पनि दिएको थियो । ‘सेसन कोर्ट’ मा राहुल गान्धीले आफ्नो सजायविरुद्ध यो चुनौती दिएका थिए ।

सन् २०१९ मा मोदी थरको विषयमा एउटा विवादास्पद बयान दिएका थिए । सुरतको ‘सेसन कोर्ट’ ले उनलाई दुई वर्षको सजाय सुनायो, यस विरुद्ध उनले पुनरावेदन दायर गरेका थिए ।

‘सेसन कोर्ट’ को निर्णयपछि अघिल्लो महिना राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको थियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>