धार्मिक/सांस्कृतिक

आज सूर्यग्रहणः नेपालबाट नदेखिने, सुतक नलाग्ने

Banner

काठमाडौँ, वैशाख ७–

वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।

समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन ।

वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>