Breaking News

मतदानस्थल र केन्द्र रहने चितवनका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह

Banner

चितवन, वैशाख ६-

निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।
‘मिति २०८०\०१\०८ देखि मिति २०८०\०१\१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने’, निर्णयमा भनिएको छ ।

त्यस्तै, उपनिर्वाचन हुने चितवनसहित तीन जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>