Breaking News

तनहुँबाट जिताएर पठाउनुस्, गोविन्द भट्टराईलाई मन्त्री बनाउँछुः प्रधानमन्त्री प्रचण्ड

Banner

तनहुँ,बैशाख ६-

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख १० मा हुने उपनिर्वाचनबाट सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाउन अपिल गरेका छन्। बुधबार तनहुँको डुम्रेमा भएको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका थिए।

‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु।’यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।

यो प्रसँगमा प्रधानमन्त्री दाहालले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर मैले यहाँ भनेको थिएँ। मेरो भनाइ खेर गएन, उहाँ महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो।’ उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्नेसमेत बताएका थिए। तनहुँको विकास निर्माणको काममा सरकारले ध्यान दिने पनि प्रधानमन्त्रीको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>