Breaking News

रविजीको गतिविधिमा जनता सन्तुष्ट नभएकोले रास्वपा तेस्रोमा आउँदा हाम्रो प्रतिस्पर्धी एमालेसँग मात्रै हुन्छः उमेश श्रेष्ठ

Banner

काठमाडौं, वैशाख ६-

गत संसदीय चुनावमा चितवन २ का उम्मेदवार उमेश श्रेष्ठले उप- चुनावको नतिजा उल्टिने दाबी गरेका छन् । चुनावी अभियानका लागि आज चितवन आउन लागेका श्रेष्ठले भने, ‘यहाँको माहोल पाँच महिना अगाडिको जस्तो छैन र रास्वपा सभापति रवि लामिछानेको क्रेज पनि सकिदै गएको छ । जस्को कारण रास्वपा तेस्रोमा आउँदा उप-चुनाव जित्न कांग्रेस उम्मेदवारको मुख्य प्रतिस्पर्धी एमाले सँग मात्रै हुन्छ।’

‘त्यसबेला उहाँले पाएको भोट भनेको ह्वीमको भोट हो । चितवनका जनता बहकिएका थिए । तर, यो बीचमा माहोल एकदमै परिवर्तन भएको छ । रविजी र उहाँको पार्टीका गतिविधिबाट जनता सन्तुष्ट छैनन् । जनताले उहाँहरूलाई चिनिसके । त्यसैले पहिलेजसरी बहकिने छैनन्,’ श्रेष्ठले भने ।

चितवनमा रास्वपाको कुनै जनाधार नरहेको श्रेष्ठले टिप्पणी गरे । विगतमा नानीमैया दाहालदेखि गोल्छे सार्कीको जस्तै ह्वीम आएको तर अहिले त्यस्तो नरहेको उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>