Breaking News

रवि लामिछानेका चालकको दिलबहादुर थापाको अवस्था अझै चिन्ताजनक

Banner

चितवन,बैशाख ६-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ। गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं लगिएको थियो । अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका थापाको अवस्था चिन्ताजनक छ। ‘टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण पनि छ। अवस्था क्रिटिकल छ,’ डाक्टर राणाले भने, ‘उपचारमा हाम्रो आइसियूको पुरै टिम खटिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>