मौसम

पाँच प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

Banner

काठमाडौं, वैशाख ६–

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरुमा तुवाँलोको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>