Breaking News
रवि लामिछानेका ड्राइभरलाई काठमाडौंमा लगियो, थप उपचार मेडिसिटीमा हुने
०

चितवन,बैशाख ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई काठमाडौंमा लगिएको छ । उनलाई आज चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट थप उपचाकारका लागि काठमाडौं ल्याइएको हो । उनको थप उपचार नेपाल मेडिसिटी अस्पतालमा पठाइएको लामिछानेले बताएका छन् ।
रविका अनुसार थापाको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख छ । बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारका लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,रविले भनेका छन् । थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























