स्वास्थ्य
कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि
०

काठमाडौं, वैशाख ५-
कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ ।
यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























