चितवन विशेष
भरतपुरको गुरुकुल कलेजमा जीवन बिमासम्बन्धी अभिमुखीकरण

चितवन, वैशाख ५-
भरतपुरको गुरुकुल कलेजका विद्यार्थीलाई जीवन बिमाबारे अभिमुखीकरण गरिएको छ ।
सूर्य ज्योति जीवन बिमा कम्पनीका क्षेत्रीय प्रबन्धक ईश्वरविकल सापकोटाले ११ कक्षाका विद्यार्थीलाई बिमासम्बन्धी अभिमुखीकरण गराएका हुन् ।
सापकोटाले बिमा कहिले सुरु भयो र कसरी नेपालमा सञ्चालन भइरहेको छ भन्नेबारे जानकारी गराएका छन् । उनले बिमा किन गर्ने र यसका फाइदाको बारेमा विद्यार्थीलाई उदाहणसहित प्रष्ट परेका थिए । कार्यक्रममा गुरुकुलका सहप्राचार्य जेन लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिने विचार राखे । उनले यस्ता अतिरिक्त र जीवनउपयोगी कक्षा गराउनमा गुरुकुल कलेज नेपालकै उत्कृष्ट कलेज रहेको बताए ।
त्यसैगरी कार्याक्रम संयोजक सुशील रेग्मीका अनुसार गुरुकुल कलेजले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ । कार्यक्रममा कक्षा ११ व्यवस्थापन दिवा शत्रका विद्यार्थीहरु सहभागी रहेका थिए । अभिमुखीकरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार लामिछाने, सहप्राचार्य प्रतिक ढकाल, व्यवस्थापन संकायका प्रमुख जगदिश बराल, अंग्रेजी विभागका प्रमुख विश्वराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।


























