स्वास्थ्य
कोरोनाविरुद्धको खोप लगाउनुपर्ने यी हुन् तीन महत्त्वपूर्ण कारण
०

काठमाडौं, वैशाख ५-
पछिल्लो समय कोरोना संक्रमणदर पुनः बढ्दै गएको छ । कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या समेत थपिँदै छ । कोरोनाबाट जोगिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ । कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले अनुरोध गर्दै आएको छ ।
मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने तीन महत्त्वपूर्ण कारणबारे जानकारी गराएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ बाट बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्छ ।
कोभिड–१९ विरुद्धको खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिई आवश्यकताअनुसार पहिलो, दोस्रो वा ‘बुस्टर’ मात्रा खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























