देश/प्रदेश

चितवनका सांसद विक्रम पाण्डे संसदीय लेखा समितिमा सिफारिस

Banner

काठमाडौं, वैशाख ४–

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय समितिमा रहने सांसदहरुको नाम पठाएको छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेन र विक्रम पाण्डेलाई लेखा समितिमा पठाएको छ । लेखा समितिले सार्वजनिक निकायमा भएका अनियमितताका बारेमा हेर्ने गर्छ ।

यस्तै राप्रपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पशुपति शमशेर जबरा र धवलशमशेर जबरा, अर्थ समितिमा ज्ञानबहादुर शाही र दीपक सिंह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गिता बस्नेतलाई पठाएको छ ।

कानुन न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा अनिशा नेपाली, महिला सामाजिक मामिला समितिमा रोशन कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङ रहने छन् ।
यस्तै राप्रपाले पूर्वाधार विकास समितिमा दीपक बोहरा र बिना लामा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिना जैशवाललाई पठाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>