चितवन विशेष

रविका ड्राइभर भेन्टिलेटरमा,कोठामा रक्सीका बोतल भेटिएपछि रगत परीक्षण हुँदै

Banner

चितवन, वैशाख ४-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अप्रेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने।

सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ। थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सुतेका थिए। ‘मुकुलका ड्राइभरले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। अरू मानिसले हल्ला गरेपछिमात्र आफू ब्युँझिएको भनेका छन्,’ एसपी कार्कीले भने।

प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ। ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने। प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए। अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>