Breaking News

एमाले अध्यक्ष ओली अस्वस्थ, स्वास्थ्य ठिक भएपछि चितवन–२ का मतदातालाई भेट्ने प्रतिबद्धता

Banner

चितवन, वैशाख ३–

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका हुन् ।

‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन् । उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन् । चितवनमा वैशाख ६ गते ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>