Breaking News

एमाले अध्यक्ष ओली अस्वस्थ, स्वास्थ्य ठिक भएपछि चितवन–२ का मतदातालाई भेट्ने प्रतिबद्धता

०
Banner

चितवन, वैशाख ३–

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका हुन् ।

‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन् । उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन् । चितवनमा वैशाख ६ गते ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>