Breaking News

विश्वका सहरहरू मध्य आज काठमाडौं वायु प्रदुषणको पहिलो सूचीमा, भरतपुरसहित तीन विमानस्थलबाट जहाज उडेन

Banner

काठमाडौं, वैशाख ३-

आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ। संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो।

काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ। वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ।

विभागले यसअघि नै देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो।

आइतबार बिहान तुवाँलो लागेर भिजिविलिटी कम हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलबाट जहाज उड्न सकेका थिएनन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>