चितवन विशेष

मिस नेपालकी प्रतिस्पर्धी चितवनकी सुधा देवकोटाले गरिन् आफूलाई भोट गर्न अपिल

Banner

चितवन, वैशाख २-

मिस नेपालकी प्रतिस्पर्धी चितवनकी सुधा देवकोटाले आफूलाई भोट गर्न सबैलाई अपिल गरेकी छन् ।

भरतपुर महानगरपालिका–११ जागृती चोकमा जन्मिएकी सुधाले आफ्नो प्रतियोगी नम्बर सात रहेको भन्दै आफूलाई भोट गर्न अपिल गरेकी हुन् ।

सुधा अहिले सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत छन् । मोडलिङ गर्न, नयाँ ठाउँहरु घुम्न र पुस्तक पढ्न मन पराउने उनी यसपटक चितवनबासीको माया र भोटले मिस नेपालको टाइटल जित्नेमा आशावादी छन् ।  आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

उनलाई खल्ती एप डाउनलोड गरी साइन इन गरेर भोट गर्न सकिनेछ । त्यसैगरी मिस नेपाल एप डाउनलोड गरेर डाबर वाटिका मिस नेपाल–२०२३ मा गएर पनि उनलाई भोट गर्न सकिने जनाइएको छ । उनको भोटिङ नम्बर ७ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>