Breaking News
हामी विरुद्ध सबै दल एकजुट भएपनि मेरो लागि जनता ठुलो शक्ति भएकोले चाँडै मुलुकको नेतृत्व गछौंः रवि लामिछाने
०

चितवन, वैशाख १
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्। चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने समेत बताएका थिए।
उनले आजसम्म जनताभन्दा ठुलो शक्ति केही नभएको उल्लेख गरे। जस्तोसुकै दलहरुको गठबन्धन भएपनि आफूहरुलाई कुनै असर नगर्ने तर्क गरे।
उनले भने, ‘अघिल्लो निर्वाचनसम्म पनि अन्य राजनीतिक दल एकअर्कालाई गाली गर्थे। एकअर्काको आलोचना गर्थे। एकअर्काको विरोध गर्थे। आजभोलि भएभरका सबै एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी एकातिर भएर चुनाव भएको देखिएको छ। केही छैन। हामी तयार छौं। कुनै गठबन्धन होस् कुनै पनि मिलिजुली भएको षड्यन्त्र र शक्तिविरुद्ध लड्न तयार छौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























