समाचार

मौलाकाली केबलकार आजदेखि सञ्चालनमा

Banner

गैँडाकोट, बैशाख १–

नयाँवर्ष २०८० सालको पहिलो दिनको अवसर पारेर मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ । विहान ६ बजेदेखि केबलकार खुल्ला गरिएको मौलाकाली केबलकार प्रालिले जनाएको छ ।

उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी (आउन र जान) प्रतियात्रु ५५० रुपैयाँ कायम गरिएको जनाएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि प्रतिव्यक्ति ३३०, विद्यार्थीहरुको लागि प्रतिव्यक्ति ४१५, जेष्ठ नागरिकहरुको लागि प्रतिव्यक्ति ४१५ र फरक क्षमता भएकाहरुको लागि प्रतिव्यक्ति २७५ रुपैयाँको टिकट दर रहेको जनाएको छ । केवलकारले सार्वजनिक गरेको यो टिकटको मूल्य केहिसमयका लागि मात्रै हो ।

त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख एकगतेदेखि नै केबलकार सञ्चालनमा आउने भएपनि औपचारिक उद्घाटन मध्य बैशाखसम्म गर्ने तयारी रहेको छ । एकहजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुबोक्ने डब्बा र दुईवटा सामान बोक्ने डब्बा राखिएको छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>