Breaking News

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

Banner

चितवन,बैशाख २८-

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो । वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो। यही दिन भगवान परशुराम अवतारको जन्म भयो । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

शास्त्रमा ‘शरीर रक्षं खलु धर्म साधनम्’ अर्थात् शरीरको रक्षा गरेर मात्रै धर्म साधन गर्न सकिन्छ भन्ने उक्ति पाइन्छ । त्यसैले यो पर्व शरीर स्वास्थ्यमा ख्याल गर्ने पर्वको रुपमा समेत मान्ने गरिन्छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारकोरुपमा जौको सातु र सर्वत पानी खाने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>