चितवन विशेष
चितवन हिमाल डेण्टलको दोस्रो शाखा भरतपुरमा, उद्घाटनको अवसरमा ३० प्रतिशत छुट

चितवन, चैत ३०–
नारायणगढस्थित चितवन हिमाल डेण्टलको दोस्रो शाखा भरतपुरस्थित चितवन मेडिकल अगाडि खुलेको छ । यस शाखाको नाम चितवन हिमाल डेण्टल प्रालि भरतपुर शाखा तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लि. रहेको छ ।
यस शाखाको वैशाख १ गते शुक्रबार औपचारिक रुपमा समुद्घाटन हुँदैछ । डेण्टलले बिहीबार पत्रकार सम्मेलन गरी उद्घाटन र सेवाको सबै तयारी पुरा भइसकेको जनाएको छ । डेण्टलको स्वास्थ्य कार्यालय चितवनका प्रमुखले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । डेण्टलकी संचालिका रञ्जिता जोशीले उद्घाटनको अवसरमा १५ दिनसम्म ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइन् ।
यस अवधिमा टिकट शुल्क पूर्ण रुपमा निःशुल्क गरिएको छ । त्यसपश्चात टिकट शुल्क १०० रुपैयाँ तोकिएको छ । यस शाखाबाट दाँतको उपचार मात्र नभई कपाल प्रत्यारोपण र छालाको उपचार सेवा समेत प्रदान गरिने छ । डेण्टलका मुख तथा अनुहार विशेषज्ञ डा.कृष्णप्रसाद रेग्मीले सबै खालका दाँत, मुखका उपचारहरु डेण्टलबाटै गरिने बताए । अन्य जटिल उपचार अवस्था हेरेरै यहाँकै निजी अस्पतालबाट सेवा दिइने उनले बताए ।
विगत २० वर्षदेखि नारायणगढमा संचालनमा रहेको यस डेण्टलले भरतपुर शाखाबाट अत्याधुनिक प्रविधिबाट सेवा दिन लागेको हो । यहाँ उपचार हुने निःशुल्क दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्नेगरि फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सेवामा ३० प्रतिशत छुटको व्यवस्था रहेको संचालक जयराम जोशीले जानकारी दिए ।
























