चितवन विशेष

लयमा फर्कियो चितवन कांग्रेस

Banner

चितवन, चैत ३०–

चितवन–२ को उपनिर्वाचनमा नेपाली कांग्रेस चितवन लयमा फर्किदै छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले घण्टीमा भोट हालेपछि यसपटकको उपनिर्वाचनमा कांग्रेस निक्कै मेहनतका साथ लागिपरेको हो ।

नेपाली कांग्रेसका ज्येष्ठ क्षेत्रीय प्रतिनिधि लक्ष्मण अधिकारीदेखि युवा विद्यार्थीहरु घरदैलो र चुनावी कार्यक्रमा जोडिएका छन् । अघिल्लो निर्वाचनमा रुष्ट भएर अन्यत्र मतदान गरेकाहरु पार्टीको साख जोगाउन लागिपरेका छन् । उम्मेदवारलाई पार्टीको प्रतिनिधिको रुपमा जिताउन लागिपरेका छन् । स्थानीय समस्या र आम नागरिकसँग भिजेका कारण पनि जितनारायण श्रेष्ठको पक्षमा माहोल केन्द्रित भएको भरतपुर–१ रामनगरका रामचन्द्र पौडेलले बताए ।

भरतपुर वडा नं ५ का ईन्द्रमणि गैरैले चितवन २ का मतदाताले खाजे जस्तै सबल , सरल र सक्षम युवालाई नेपाली कांग्रेसले उम्मेदवार उठाएकाले जितनारायण श्रेष्ठले निर्वाचन जित्ने दाबी गर्छन् । यहाँको मतदाताको चाहाना अनुसारको उम्मेदवार जीत नारायण भएकाले सबै दलले मतदिनेमा आफू विस्वस्त रहेको बताए ।

कालिका नगरपालिका–१ पदमपुरका वीरेन्द्र तिमिल्सेनाले दिनेश कोइराला, कृष्णलाल सापकोटा, विकास कोइराला, भिमबहादुर श्रेष्ठ, मिना खरेल जस्ता कांग्रेसका नेताहरुको कारबाही फुकुवाको स्थानीयस्तरमा कांग्रेसी कार्यकर्ताहरुमा उत्साह थपेका बताए । ’ उनले थपे कांग्रेस लयमा भएका कारण उपनिर्वाचन जितिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>