चितवन विशेष
चितवनबाट प्रकाशित ‘सञ्चारपत्र दैनिक’ निरन्तर ‘क’ वर्गमा पर्न सफल
०

चितवन, चैत ३०–
चितवनको भरतपुरबाट प्रकाशित ‘सञ्चारपत्र दैनिक’ निरन्तर ‘क’ वर्गमा पर्न सफल भएको छ ।
प्रेस काउन्सील नेपालले आज (बिहीबार) आर्थिक वर्ष २०७७/७८ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार सञ्चारपत्रलाई पुनः क वर्गमा वर्गीकरण गरिएको हो ।
सञ्चारपत्र दैनिक चितवनका युवा पत्रकारहरुले प्रकाशन गर्दै आइरहेका छन् । यस दैनिक चितवनसंगै छिमेकी जिल्लाहरुमा वितरण हुँदै आइरहेको छ । यस पत्रिका प्रकाशन हुन थालेको झण्डै एक दशक पुग्न लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























