Breaking News

संघीय सरकारलाई बालेनले दिए चेतावनीः काठमाडौंको हितमा काम नगरे सिंहदरबार सार्नुस्

Banner

काठमाडौँ, चैत ३०–

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारसंग विमत्ती जनाउँदै आइरहेका छन् ।

उनले फेसबुक स्टाटस मार्फत सार्वजनिक गर्ने धारणले नेपाली राजनीतिमा तरंग ल्याउने गरेको छ । बालेन आज फेरि फेसबुक स्टाटस लेख्दै सिंहदरबार नै अर्को पालिकामा सार्न आग्रह गरेका छन् । काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न उनले आग्रह गरेका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

उनले काठमाडौंबासीलाई सम्पदा, संकृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>