चितवन विशेष

चितवनका मनहरू बदलिएका छन्,उपचुनाव एमालेले जित्छः नेता बाँस्कोटा

Banner

चितवन,चैत ३०-

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावमा नेकपा एमालेले जित्ने दाबी गरेका छन् । यसअघि रवि लामिछाने जितेर पदमुक्त भएपछि उपचुनाव हुन लागेका बेला मनहरू बदलिएका उनको दाबी छ ।

बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले मन बदलिने क्रम जारी रहेकाले लक्ष्य चुम्ने दृढ इच्छा रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘बदलिए मनहरू, फर्किए साथीहरू र जारी छ यो क्रम– विरासतको लक्ष्य चुम्ने दृढ ईच्छासाथ । चितवन छु है !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>