चितवन विशेष
भरतपुर-११ मा एकीकृत समाजबादीका वडाध्यक्षसहित सिंगो कमिटीनै एमाले प्रवेश

चितवन,चैत २९-
भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा भरतपुर-११ मा एकीकृत समाजवादी रित्तो बनेको छ । आज (बुधबार) सो पार्टीका वडाध्यक्षसहित सिंगो वडा कमिटी नै एमाले प्रवेश गरेको हो । एकीकृत समाजवादीका वडाध्यक्ष तिलक अधिकारीसहित सिंगो कमिटी र विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले भरतपुर-११ ले आयोजना गरेको कार्यक्रममा नेता गोकुल बास्कोटा,देवी ज्ञवाली,कृष्णभक्त पोखरेल लगायतले उनलाई एमालेमा स्वागत गरेका थिए । मंसिर १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले आक्रमक रुपमा पार्टी सुदृढिकरण अभियानमा लागेको छ । पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियान पश्चात पार्टी थप बलियो बनेको एमाले भरतपुर ११ का वडाध्यक्ष इश्वरी पण्डितले बताए । उनले यसपटकको निर्वाचनमा पार्टीको विरासत जोगाउने गरी अभियान संचालन गरिरहेको जानकारी दिए ।


























