समाज

चिकित्सकको लापरवाहीका कारणले आमा र शिशुको मृत्यु भएको भन्दै आफन्तले बुझेनन् शव

Banner

धनगढी, चैत २९-

कैलालीमा सुत्केरी आमा र शिशुको मृत्यु भएपछि मृतक आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। चिकित्सकको लापरवाहीका कारणले आमा र शिशुको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन् ।
गोदावरीस्थित मालाखेती अस्पतालमा सुत्केरी आमा र शिशुको मृत्यु भएको तीन दिनसम्म पनि मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।

सोमबार बिहान गोदावरी नगरपालिका– २ कडायत टोल बस्ने लक्ष्मी भट्टराई र उनको नवजात शिशुको मालाखेती अस्पतालमा सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो। आफन्तले घटनाबारे छानविन हुनुपर्ने र क्षतिपुर्ति माग गर्दै शव बुझ्न अस्विकार गरिरहेका हुन्।

उक्त माग राख्दै आफन्तहरूले मालाखेती अस्पतालविरूद्ध नाराबाजी गरी आन्दोलन गरिररहेका हुन्। सोमबार र मंगलबार दिनभरि उक्त क्षेत्र तनाबग्रस्त बनेको थियो।

पीडित पक्ष र अस्पताल प्रशासनको छलफल भएपनि सहमति भएको छैन। घटनाबारे छानबिनका लागि सर्वदलिय बैठक बसेर समिति गठन गरिएको छ।

समितिलाई एक हप्ताको समय दिइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा सेती प्रादेशिक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट उक्त समितिमा सदस्य छन्। तर पीडित पक्षले समितिको प्रतिवेदन नआएसम्म शव नउठाउने अडान लिएका छन्।

मृतकका श्रीमान शिवराज भट्टराईले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>