देश/प्रदेश

नर्सले  लाइसेन्सका लागि अब परीक्षा दिनुपर्ने

Banner

काठमाडौं, चैत २७-

नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ ।

काउन्सिलले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षामार्फत् नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसका लागि अनलाइन आवेदन खुला गर्ने र आवेदकहरुको परीक्षा लिएपश्चात् मात्रै लाइसेन्स दिइने सूचनामा उल्लेख छ ।  यसअघि, काउन्सिलले शैक्षिक प्रमाणपत्र तथा योग्यताको प्रमाण पुग्ने कागजातका आधारमा विशेषज्ञ नर्सको नाम दर्ता गर्दै आएको थियो ।

२०२३ को मार्चसम्म काउन्सिलमा एक हजार ३२६ विशेषज्ञ नर्स दर्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>