Breaking News
मेरो पार्टीमा भ्रष्टाचारीलाई पूजा गर्ने चलन नभएकोले, भ्रष्टाचार गर्ने व्यक्तिलाई म कठालो समातेर जनता माझ ल्याउँछुः रवि
०

चितवन, चैत २७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो पार्टीमा चलन नभएको बताएका छन् ।
रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने उनको प्रष्टोक्ति थियो ।
चितवनमा चुनावी अभियानका क्रममा बोल्दै उनले अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुखमा पारेर यस्ता चिज आउनुको गहिरो अर्थ भएको बताए । तर, उनले जसले गल्ती गरेपनि कारबाही गर्न सक्ने छाती लिएर हिँडेको बताए ।
उनले भने, ‘कसैलाई बचाउनु छैन । मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























