Breaking News

स्वतन्त्र पार्टीका सांसदको २ करोडको अडियो टेप बारे अनुसन्धान हुन्छः गृहमन्त्री श्रेष्ठ

Banner

चितवन, चैत २७–

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठलको दुई करोड सम्बन्धी अडियो टेप बारे अनुसन्धान भइरहेको बताएका छन् ।

आज विहान चितवनका पत्रकारहरुसंग कुरागर्दै गृहमन्त्री श्रेष्ठले उक्ता कुरा बनाएका हुन् । ‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निश्कर्षमा पुगि सकेका छैनौं, तर त्यसले एउटा परिणाम त बाहिर दिई सकेको छ, त्यस बारे अनुसन्धान हुन्छ, त्यसबाट जे पुष्टि हुन्छ हामी त्यसै अनुसार अघि बढ्छौं’ गृहमन्त्री श्रेष्ठले ‘अरु कुराको हकमा अनुसन्धान एउटा र त्यस सम्बन्धि जोडिएका पार्टी र नेतृत्वले आफूलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यक छ ।’

यस्तै गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटा पत्र पठाएर मात्रै सबै समस्या समाधान नहुने बताएका छन् । बल प्रयोगका लागि एउटा पत्र मात्र पठाएर समस्या समाधान नहुने भन्दै त्यसका लागि आवश्यक तथ्यगत रुपमा समन्वय हुन आवश्यक रहेको बताए ।

‘मैले धेरै टिप्पणी गर्न चाहन्न, समन्वयको चाँही स्थानीय सरकारले वा अर्को कुनै सरकारले यसो गर्दिनुस् भनेर समन्वय भनिदैन, समन्वय गर्दा यो समस्या छ, यसलाई यसरी हल गर्ने सोचिएको छ, यसरी हल गर्ने औचित्य यसकारण रहेछ भनेर पुष्टि हुनेगरि समन्वय हुनुप¥यो, त्यसपछि आवश्यक सहयोग हुन्छ’ गृहमन्त्री श्रेष्ठले भने ‘सहयोग गर्ने कुरामा हाम्रो कुनै द्धिविधा छैन, तर औचित्य पुष्टि हुनेगरि समझदारी हुनपर्छ ।’

उनले काठमाडौं महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउदिन भन्न मिल्छ की मिल्दैन भन्दै प्रश्न समेत गरे ।

यस्तै गृहमन्त्री श्रेष्ठले सरकारको १०० दिनप्रति आफू पनि सन्तुष्ट हुन नसकेको स्वीकार गरेका छन् । सरकार गठनलगत्तै सत्ता गठबन्धन परिवर्तन हुनु र समयमै मन्त्रीपरिषद् विस्तार हुन नसक्नुले नै सरकारले १०० दिनमा सोँचेजस्तो काम गर्न नसकेको बताए ।

‘चार वटा कार्यभारलाई तत्कालको लक्ष्य र कार्यभार बनाएर काम अगाडि बढाउने प्रक्रियामा छौं, अहिलेसम्म जे भो सही भयो भन्ने पक्षमा हामी छैनौं’ गृहमन्त्री श्रेष्ठले भने ‘सही दिशातिरतर्फ हाम्रो प्रतिवद्धता कायम छ, मन्त्रीपरिषद् पूर्णतापछि व्यवस्थित रुपमा काम गछौं, यो १०० दिनमा हामीले धेरै काम गर्न पाएनौं भन्ने कुरा चाँही सत्य नै हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>