समाचार

गृहमन्त्री श्रेष्ठको प्रश्न–काठमाडौंका मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ?

Banner

चितवन, चैत २७–

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ? भनेर प्रश्न गरेका छन् । सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले काठमाडौंका मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भनेर सार्वजनिक रुपमा भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेका हुन् ।

‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? तपाईंहरूलाई के लाग्छ ?,’ उनले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गरेका थिए। उनले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोपसमेत लगाएका छन्। तर गृहमन्त्री श्रेष्ठले संविधानअनुसार स्थानीय र प्रदेश सरकारसँग संघीय सरकारले समन्वय गर्न प्रतिवद्ध रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>