मौसम

तीन प्रदेशका पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना

Banner

काठमाडौं, चैत २७–

स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बिहान देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही तराईमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

यस्तै राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति कतै पनि वर्षाको सम्भावना नरहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>