चितवन विशेष

अपाङ्गता भएको नागरिकको सवारी अनुमति चितवनबाटै प्रदान गर्न माग

Banner

चितवन, चैत २४-

अपाङ्गता भएका नागरिकले प्रयोग गर्ने सवारीको परीक्षण र अनुमतिपत्र बितरण चितवनबाट नै गर्न माग गरिएको छ ।

अपाङ्ग समाज चितवन र सुषुम्ना नाडी घाइते मैत्रीय समाज चितवनले संयुक्तरुपमा यातायात व्यवस्था कार्यालय चितवनलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गरेका हुन् ।

चितवनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ३\४ पाङ्ग्रे सवारीसाधनको ट्रायल र अनुमतिपत्र लिन काठमाडौँ जानुपर्ने बाध्यता छ । तर, अब परीक्षण र अनुमति पत्र व्यवस्था भरतपुरबाट मिलाउनु पर्ने माग राख्दै कार्यालयका प्रमुख कालीबहादुर भुजेललाई उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय भरतपुर महानगरपालिकामा भएकोले नेपाल सरकारको भौतिक संरचना तथा सञ्चार निर्देशिका–२०६९ अनुसार कायम गर्न संस्थाको माग छ ।

त्यस्तै कार्यालय प्रमुख भुजेलले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारीको परीक्षण, बायोमेट्रिक तथा अनुमतिपत्र उपलब्ध गराउनेलगायतको मागलाई छिट्टै सम्बोधन गर्ने जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>